बलिउडकी नायिका ऐश्वर्या राय बच्चन ४३ वर्षकी हुदैछिन् । १ नोभेम्बर १९७३ मा मेन्गलुरुमा जन्मिएकी ऐश्वर्याले महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग २० अप्रिल २००७ मा विवाह गरेकी हुन् ।
अभिषेक—ऐश्वर्याको विवाहको ९ वर्ष बितिसकेको छ । उनीहरु चार वर्षकी छोरी आराध्याका अभिभावक हुन् ।
फिल्म ‘ढाई अक्षर प्रेम के’मा ऐश्वर्या र अभिषेकले पहिलोपल्ट सँगै काम गरेका थिए । यसपछि दुवै जना फिल्म ‘उमराव जान’मा देखिएका थिए ।
यस दौरान यी दुवै बीच निकटता बढ्यो । भनिन्छ कि फिल्म ‘गुरु’को सेटमा अभिषेकले ऐश्वर्यालाई प्रपोज गरेका थिए । उसो त एक समय अभिषेककी पत्नी करिश्मा कपुर बन्नेवाली थिइन । अक्टोर २००२ मा अभिषेक र करिष्माको इन्गेजमेण्ट भइसकेको थियो । तर, जनवरी २००३ मा त्यो इन्गेजमेण्ट टुट्यो ।
यसको करिब ४ वर्षपछि अभिषेक र ऐश्वर्याको विवाह भयो । जब अभिषेक जन्ती लिएर निस्के उनका फ्यानहरुको हुल देखियो ।
अभिषेकले आफ्नो अनुहारमा रहेको सेहरा हटाएर फ्यानको शुभकामना लिए । यो विवाहमा बलिउडका कयौं स्टारहरुसँगै राजनेता, क्रिकेटर, ब्यापारीहरु सहभागी भएका थिए ।
एक अन्तर्वार्तामा अभिषेकले भनेका थिए टोरेन्टोमा भएको फिल्म ‘गुरु’को प्रिमियरपछि होटलको बाल्कोनीमा उभिएर उनले ऐश्वर्यालाई प्रपोज गरेका थिए । प्रपोज गर्ने बेलामा उनी एकदमै नर्भस थिए । अभिषेकले भनेका छन्, ‘मैले मुटु धडकिरहेको अवस्थामा ऐशलाई प्रपोज गरे र उनले स्वीकार गर्न एक सेकेण्ड पनि लगाइनन् ।