निर्माता शिशिर राणाले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । उनले ‘तिमी सँग’ निर्माणको घोषणा गरेका छन् । उनले आफै निर्देशन गर्न लागेको यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘म त तिम्रै हुँ’ का कलाकार आकाश श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । चलचित्रको फस्टलुक पनि रिलिज गरिएको छ ।
साम्राज्ञी र आकाशका साथै बौद्धमार्गी बालबालिका चलचित्रको फस्टलुकमा देखिएका छन् । निर्देशक तथा निर्माता राणाका अनुसार चलचित्र ‘तिमी सँग’ एनआरएन पर्यटक र नेपाली गाइडबिचको रमाइलो प्रेम कथामा आधारित रहेर तयार हुनेछ । सुशिल क्षेत्रीको छायांकन रहने चलचित्रलाई काठमाण्डौं सहित पोखरा, घान्द्रुक, पोन्हिल र अन्नपूर्ण वेसक्याम्पमा खिचिनेछ । चलचित्रमा संगीत राहुल मुमर्जीको रहनेछ । चलचित्रको छायांकन मंसिरदेखि सुरु हुनेछ ।