कुनै नाता नभए पनि दुई जनाको अनुहार हुबहु एउटै देखिन सक्छरु पत्याउन अलि गाह्रो होला तर बलिउड हिरो सलमान खान जस्तै देखिने युवक पाकिस्तानमा छन्। हुसनैन सलिम नामका यी युवक दुरुस्तै सलमान खान जस्तै देखिन्छन्। त्यसैले त केटीहरु उनीसँग सेल्फी खिच्न भनेपछि हुरुक्कै हुन्छन्। आफ्नो फ्यान फलोइङ देखेर उनले आफ्ना लागि सेक्युरिटी गार्डसमेत राख्नुपरेको छ। सियालकोटमा जन्मिएका सलीमको बर्थ डे सलमान खानको भन्दा दुई दिन अगाडि पर्छ। तर उनी सलमानभन्दा २० वर्ष कान्छा हुन्। सलमानको जस्तै उनको पिताको नाम पनि सलीम हो। राजधानी इस्लामावादमा एउटा डिपार्टमेन्टल स्टोर चलाउँछन् उनी ।