गायिका मैडोनाले एक शानदार कला प्रदर्शनीमा गलत हर्कत गर्दै गरेको देखेपछि मानिसहरु हैरान भएका छन् । मैडोनाको हातमा रक्सीले भरिएको गिलास थियो ।
फीमेल फस्र्टको रिपोर्टका अनुसार, ५८ बर्षिय गायिका मेर्ट अलास र मार्कस पिग्गटको लागि फोटोग्राफी प्रदर्शनीमा सहभागी भएकी थिइन् र जब उनले गलत हर्कतहरु गर्न थालिन् तब उनको त्यो गलत हर्कतलाई मान्छेहरुले पत्याउन नै सकेनन् । एक सूत्रले भन्यो, ‘‘मैडोना रक्सीको नशामा थिइन् । उनको साथमा एक व्यक्ति थिए, जो बडीगार्ड जस्तो लागिरहेको थियो । उक्त व्यक्ति चाहिरहेका थिएनन् कि मान्छेहरु मैडोनाको तस्बिर खिचुन ।’’
उनले अगाडी भने, ‘‘मैले मैडोनासँग कुरा गरिन् तर मेरो एक साथीले उनीसँग कुरा गरे र उसले मलाई भन्यो कि मैडोना पूरै रक्सीको नशामा थिइन् र उनी के बोलिरहेकी छिन् उनैलाई नै थाहा थिएन् । म उनलाई देखेरै हैरान भएको थिए ।’’