लामो समय अमेरिका बसाईपछि ‘ब्रासलेट’ बाट नेपाली चलचित्रमा कमब्याक गरेका नायक रमेश उप्रेतीले निर्माण गर्ने चलचित्र ‘ऐश्वर्य’ को छायाँकन सुरु भएको छ । यो चलचित्रको छायांकन पेप्सीकलाबाट सुरु भएको छ । निर्देशक दीवाकर भट्टरार्इले निर्देशन गर्ने यो चलचित्र वैष्णोदवी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । केही महिना अगाडी दीपेन्द्र लामाले निर्देशनमा निर्माण भएको चलचित्र ‘घामपानी’ का लागि नायिका केकी अधिकारीले ‘ऐश्वर्य’ छोडेको खबर बाहिर आएको थियो तर चलचित्र निर्देशक दीवाकर भट्टरार्इले नायिका केकी अधिकारीले हाल चलचित्र ‘ऐश्वर्य’मा काम गरिरहेको जानकारी दिएका छन् । केकीले केही दिन अगाडी मात्र ‘घामपानी’को छायाँकन सकाएकी थिइन्, जसले गर्दा उनले ‘ऐश्वर्य’ छोड्नु परेन । यो चलचित्रमा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा निर्माता रहेका छन् ।
चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, प्रशान्त ताम्राकार, विकास खतिवाड, अमित पोखरेल, निर्मल शर्माको साथमा नव-नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ ।