अभिषेक बच्चनले ऐश्वर्या रायको फिल्म ‘ऐ दिल है मुश्किल’ नै हेरेनन् । यस विषयलाई लिएर चर्चा चलिरहेको थियो कि अभिषेकले ऐश्वर्याको फिल्म हेर्न किन रुचाएनन् ? ‘ऐ दिल है मुश्किल’ गएको शुक्रबार रिलिज भएको थियो ।
फिल्मले बक्स अफिसमा पनि राम्रो कलेक्सन गरेको छ । बक्स अफिसमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको फिल्म हेर्न ऐश्वर्याका पतिले कुनै प्रतिक्रिया हालसम्म दिएका छैनन् ।
मिडिया रिपोर्टका अनुसार ऐश्वर्याको इन्टिमेट सिन भएका कारण बच्चन परिवार ऐश्वर्यासँग रिसाएका थिए । अब यसबारे अभिषेकले पनि तिखो व्यंग हानेका छन् ।
अभिषेकले एक कार्यक्रममा भनेका छन्,‘दुर्भाग्यबस हालसम्म मैले ‘ऐ दिल है मुश्किल’ फिल्म हेरेको छैन । हाल म आफ्नो फुटबल टिमसँग ट्राभल गरिरहेको छु । आउने हप्ता यो फिल्म हेर्नेछु । मैले यस फिल्मका केही अंशहरु सुटिङ दौरान हेरेको थिए । मलाई लाग्छ यो फिल्म शानदार छ । करण जोहर र फिल्म युनिटलाई मेरो शुभकामना छ ।’
फिल्म रहेका इन्टिमेट दृश्यका कारण बच्चन परिवार ऐश्वर्यासँग रिसाएका थिए ।