‘अझै पनि’ चलचित्र निर्माण गरेको कम्पनी पुनम इन्टरटेनमेन्टले नयाँ चलचित्रका लागी कथाको आह्वान गरिएको छ । कथा जुनसुकै पक्षको हुनसक्ने पुनम इन्टरटेनमेन्टकी पुनम गौतमले बताएकी छिन् ।
‘यस्ता प्रतिभाहरु छन् जसले सम्बन्धित ठाउँसम्म आफुभित्रका श्रृजना पुर्याउन सकिरहेका छैनन् । हामीले बनाउने चलचित्रमा नयाँ क्षमतावान सर्जकलाई सगौरव स्थान दिन चाहन्छौँ’ गौतमले भनिन्, ‘संसारको जुनसुकै कुनाबाट पनि कथा पठाउन सकिनेछ ।’
कथा पठाउँदा नितान्त आफ्नै श्रृजना हुनु पर्ने पुनमले बताइन । कथा पठाउँदा वानलाइन, कथा मात्रै अर्थात पुरै स्क्रिप्ट पनि पठाउन पाईनेछ । प्राप्त सबै कथालाई अध्ययन गरी उत्कृष्टबाट चलचित्रमा समावेश गरिने गौतमले बताईन् । गौतमका अनुसार छानिएको कथालाई लेखकको मागको आधारमा आपसी समझदारीमा पारिश्रमिक तय गरिने छ । निर्माण कम्पनी पुनम इन्टरटेनमेन्टले script.punament@gmail.com ईमेलमा कथा पठाउन आग्रह गरेको छ ।