अमेरिकी राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिएकी हिलारी क्लिन्टनको एक व्यक्तिगत चासो राखेको ईमेल लिक भए पस्चात भारतमा तहल्का मच्चिएको छ । हिलारीको लिक भएको ईमेलहरु मध्ये एक ईमेलमा बलिउड अभिनेता अमिताभ बच्चन प्रति उनले रुचि लिएको देखिन्छ ।
द वाशिङ्टन पोष्टका पोलटिकल रिपोर्टर होजे ए डेलरियलले हिलारी क्लिन्टनको लिक भएका ईमेल मध्ये एक लिक भएको ईमेलको फोटो ट्युइटरमा शेयर गरेका छन । सामाजिक सन्जालमा शेयर गरिएको यस ईमेलको फोटोमा हिलारी क्लिन्टनले आफ्नो कार्यालय सहयोगी हुमा आबेदिनसँग अमिताभ बच्चनको बारेमा जानकारी लिन खोजेको देखिन्छ ।