२०१० मा प्रदर्शंनमा आएको चलचित्र ‘फस्ट लभ’ बाट नेपाली रजतपटमा डेव्यू गरेकी नायिका ऋचा शर्माले अभिनय गरेको नयाँ चलचित्र ‘लुट २’ यही बर्षको फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । जीवन्त अभिनय गर्ने नायिकाको रुपमा परिचित ऋचा शर्माले आफुलाई अहिलेसम्म फ्यानहरुले प्रपोज देखी विवाहको प्रस्ताव नगरेको बताएकी छिन् । उनका पुरुषभन्दा महिला फ्यानहरु बढी छन् । उनी भन्छिन्, ‘मेरा महिला फ्यान धेरै छन् । त्यो पनि ३० वर्षभन्दा बढी उमेरका । मलाई फ्यानहरूले निकै उत्साहजक प्रतिक्रिया दिन्छन् । मेरो अभिनयको निकै तारिफ गर्छन् । जीवन्त अभिनय छ, छानेर फिल्म खेल्नुहुन्छ भनेर प्रशंसा गर्छन् । कसैकसैले भने सधैँ एउटै, उस्तै खालको क्यारेक्टर गर्योि भनेर गाली पनि गर्छन् ।’ एक पत्रिकासँगको कुराकानीको क्रममा उनले केही फ्यानहरुले बारम्बार आफ्नो सुन्दरताको तारिफ गरिरहने पनि बताएकी छिन् । उनी अगाडी थप्छिन्, ‘उहाँहरूलाई मेरो ओठमाथिको कोठी निकै मन पर्छ रे ।’ उनले कलाकारितालाई ‘जब’ को रूपमा हेर्ने गरेको पनि बताइन् ।