माघे संक्रान्तिमा प्रत्येक बर्ष नेपाली चलचित्रहरुको राम्रै लडाई हुने गर्छ । माघे संक्रान्तिमा प्रत्येक बर्ष दुईभन्दा बढी ठूला बजेटका चलचित्रहरु प्रदर्शन हुँदै आइरहेको छ । यही क्रममा यस बर्षको माघे संक्रान्तिमा पनि नेपाली चलचित्रको राम्रै लडाई हुने देखिएको छ । किनकी यो बर्षको माघे संक्रान्तिमा प्रतिक्षित चार चलचित्र एकसाथ प्रदर्शनमा आउने लगभग पक्का भएको छ । केही दिन अगाडी नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ र ‘कारखाना’ ले पौष २९ गतेलाई रिलिज मिति फाइनल गरेको थियो । योसँगै अन्य दुई चलचित्रले पनि पौष २९ लाई डेट रिलिज तोकेको छ । ती हुन् सौगात मल्ल स्टारर चलचित्र ‘शब्द’ र केकी अधिकारी र कर्मा अभिनित चलचित्र ‘लभसासा’ । यसरी हेर्दा यस बर्षको माघे संक्रान्तिमा चार नेपाली चलचित्रको प्रतिस्पद्र्या हेर्न लायक कै हुने देखिन्छ । अब हेर्न यो बाँकी छ कि यस बर्षको माघे संक्रान्तिमा कुन चलचित्रका लागी सुखद हुन् हो ।