१० बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘तँ त सार्है बिग्रिस नी बद्री’ निर्माण गरेका हास्यकलाकार एवं निर्माता किरण केसी (राता मकै) ले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । भुवन केसी, हरिवंश आचार्य, सुस्मिता केसी, विपना थापाको मुख्य भुमिका रहेको ‘तँ त सार्है बिग्रिस नी बद्री’ चलचित्रलाई किरण केसीले निर्माण गरेका थिए । अब किरणले फेरी नायक भुवन केसीलाई हिरो बनाउँदै नयाँ चलचित्र निर्माण गर्ने तयारीमा लागेका छन् । तपाईहरुलाई एउटा कुरा बताइदिउँ कि नायक भुवन केसी र किरण केसी पुराना साथी हुन् । उनीहरु कुनै चलचित्र निर्माण गर्नु पर्दा एकआपसमा सर-सल्लाह गरेर मात्र निर्माण गर्ने गर्छन् । किरणका अनुसार भुवन केसी, मह, अनुराग कुँबर र सुदन केसीसँग कथा तयार छ ।
चारै समुहको कथा हेरेपछि उपयुक्त मध्ये एउटामा चलचित्र बनाउने उनको योजना छ । आफुले जहिल्यै समुहमा काम गरेको बताउँदै यसपाली पनि पुरानै समुहसँग मिलेर चलचित्र बनाउने बताए । हास्यटेलिश्रृखला ‘जिरे खुर्सानी’ मा (राता मकै) को भुमिका निर्वाहा गरेर चर्चामा आएका किरण केसी पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त छन् ।