‘छ एकान छ’, ‘वडा नम्बर छ’ र ‘छक्का पन्जा’ निर्माण गरेको टीमले अर्को नयाँ चलचित्र निर्माण गर्ने तयारीमा जुटेको छ । चलचित्र ‘छक्का पन्जा’ ले ५१ औं दिन मनाइसकेको खुसीयालीमा निर्माणपक्षले नयाँ चलचित्र निर्माण गर्न लागेको हो । यस विषयमा कलाकार एवं निर्माता दीपकराज गिरीले नयाँ चलचित्रलाई पनि दीपाश्री निरौलाले निर्देशन गर्ने जानकारी दिए । दीपाले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । यस विषयमा बोल्दै दीपकराज गिरीले भने -‘हामीले नयाँ चलचित्र निर्देशन गर्ने जिम्मा दीपाश्री निरौलालाई दिइसकेका छौ । चाँडै यसको विषयमा जानकारी पनि दिनेछौ ।’ जीतु नेपाल, बुद्धि तामाङ, शिबहरि पौडेल, प्रियंका कार्की, वर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारहरुले अभिनय रहेको चलचित्र ‘छक्का पन्जा’ ले ५१ औं दिन मनाइरहँदा १५ करोडभन्दा माथीको विजनेश गरिसकेको छ । यो चलचित्र अहिलेसम्म सबै भन्दा धेरै ब्यापार गर्ने चलचित्रको रुपमा चिनिन्छ ।