माउन्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सको संयुक्त निर्माणमा तयार भएको चलचित्र ‘अनागत’ को टीजर सार्वजनिक भएको छ । २०१७ मा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘अनागत’ को टीजरमा नायिका प्रियंका कार्की र अर्पण थापाको हट बेडसिन पनि देख्न सकिन्छ । सुरेश र कृतिको भूमिकामा देखिन लागेको यो जोडीले बिहेपछि श्रीमान्-श्रीमतिमा उत्पन्न हुने शंकाको चरित्रमा अभिनय गरेका छन् । साम्तेन भुटियाको सम्पादन तथा निर्देशन रहेको यो चलचित्रमा प्रविण खतिवडा, रोसिन सुवेदी पनि मुख्य भुमिकामा रहेका छन् । समिर उपाध्याय, चन्द्र के झा, निलु डोमा शेर्पा, साम्तेन भुटियाको चलचित्रमा लगानी रहेको छ ।
सिसन बानियाँको छायांकन, चन्द्र के झाको कथा, प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथा यो चलचित्रमा रहेको छ ।