नायिका सुष्मा कार्की अहिले कुनै पनि चलचित्रमा व्यस्त छैनन् । आफु अभिनित चलचित्रहरु लगातार असफल हुँदै गएपछि अहिले उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माताहरु पनि नाक खुम्चाउने गर्छन । त्यसैले त अहिले उनको व्यस्तता विदेशमा हुने स्टेज कार्यक्रमहरुमा बढी हुने गर्छ । चलचित्रका लागी बेडसिन र व्वायफ्रेण्डसँगको झगडाका कारण बेला बखतमा चर्चामा आइरहने नायिका सुष्मा कार्कीले आफुलाई मन पर्ने हिरो राजबल्लभ कोराइला रहेको बताएकी छिन् । एक टक शोमा उनले मन पर्ने ठाउँ भने इलाम रहेको बताइन् । आफ्नो ब्यागमा कहिले पनि परफ्यूम नछुट्ने बताउँदै सुष्माले प्रेममा रेक्सपेक्ट हुनु पर्ने पनि बताएकी छिन् । ‘अनमोल केसी, सौगात मल्ल र गौरव पहाडी मध्ये तपाई को सँग किस, किक र विवाह गर्न चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘सौगात मल्लसँग किस, गौरब पहाडीलाई किक तर विवाहको लागी मैले अर्कै सोचिरहेकी छु ।’
उनले आफुलाई कुनै पनि केटाले प्रेमको लागी नपत्याउने बताउँदै भनिन्, ‘मलाई कसैले पत्याउँदै पत्याउँदैनन्, म सँग मायै गर्दैनन् ।’ सोही क्रममा उनले राती सुतेर विहान उठ्दा रेखा थापा भए राजनीति छोड्ने पनि बताइन ।