केही दिन अगाडी मात्र चलचित्र ‘लप्पन छप्पन’ को छायाँकन सकाएकी नायिका बर्षा सिवाकोटीले नयाँ चलचित्र ‘कारखाना’ मा प्रमुख भुमिका निर्वाह गर्ने भएकी छिन् । बिहिबार काठमाडौंको कमलादीमा रहेको गणेश मन्दिरमा आयोजित चलचित्र कारखानाको शुभ मुहूर्त कार्यक्रममा चलचित्रको आधिकारीक निर्माण घोषणा गरिएको छ ।
कर्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले क्ल्याप ठोकेर चलचित्रको शुभ मुहूर्त गरेका थिए । त्यतै निर्माता संघका महासचिव केशव भट्टराइले मुहुर्त सटको निर्देशन गरेका थिए भने चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले क्यामेराको स्विच अन गरेका थिए । त्यस्तै चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले नरिबल फोडेर शुभसाइत गरेका थिए ।
अमरदिप सापकोटाले लेखन तथा निर्देशन रहने यो चलचित्र बिहेको मण्डपबाट भागेकी एक महिलाको जीवनमा आउने विभिन्न आरोह अवरोहलाई देखाइनेछ । सुदिप खड्का, राजेन्द्र केसी, अमर बज्रचार्य र सुर्याश खड्का चलचित्रका निर्माता हुन् ।
चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेबिका कार्की, नविन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेती, रविन पोख्रेल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । दयाराम दाहाल, शुशिल पोख्रेल र अमरदिप सापकोटाको पटकथा तथा संवाद रहेको चलचित्रमा निरज कँडेलको छायांकन, अनिल शाही र हरकुलश बस्नेतको संगीत, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहे निर्देशक अमरदीपले जानकारी दिए ।