बिनोद केसीको शब्द, संगीत तथा स्वर रहेको ‘जुनी भर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोलाई जीवन रसाइलीले निर्देशन गरेका हुन् । जसमा राज केसी र इन्दिरा केसीको अभिनय देख्न सकिन्छ । बैबाहिक सम्बन्धमा बाँधिएको एक जोडीको प्रेम देखाउन खोजीएको सार्वजनिक भिडियो अस्ट्रेलियाका रमणीय स्थानमा छायांकन गरिएको हो । भिडियोको निर्देशनसंगै सम्पादन र छायांकन पनि जिबन र रसाइलीले गरेका हुन् ।