केही दिनदेखी सामाजिक सञ्जालमा तरकारीवाली नामले कुशुम श्रेष्ठका दुई तस्बिरहरु निकै भाइरल बनिरहेका छन् । धेरै सञ्चारमाध्यमहरुले अहिलेसम्म कुसुम भन्दा राम्री तरकारीवाली नभएको भन्दै समाचार प्रकाशन गरिरहेका छन् भने धेरैले विश्वकै सबैभन्दा सेक्सी तरकारीवाली भन्दै कुशुमको चर्चा पनि भइरहेको छ । दसैंतिहारको विदामा घर गोर्खा आएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी कुशुमको तस्बिर पर्यटन ब्यबसायी रुपचन्द्र महर्जनले खिचेका थिए र फेसबुकमा पोष्ट गरेका थिए । त्यसपछि सुरु भएको उनको चर्चा अहिले सम्म पनि सेलाएको छैन । अझ उनले एक अन्तर्वार्तामा राम्रो फिल्मबाट अफर आए काम गर्ने बताएपछि त झन उनी चर्चाको शिखरमा पुगिन् ।
उनले अफर आए नेपाली फिल्ममा काम गर्ने बताएपछि उनलाई आफ्नो फिल्ममा लिनका लागि केही नेपाली निर्माताहरु सक्रिय पनि देखिएका थिए । यही बिच उनलाई निर्देशन गोपालचन्द्र लामिछानेले आफ्नो नयाँ फिल्म ‘लम्फू’ मा अभिनय अफर गरे । उनले फिल्म खेल्ने इच्छा भएको र घरमा सल्लाह गरेपछि मात्रै निर्णय दिने बताएकी थिईन। तर अब उनले तत्काल फिल्ममा काम नगर्ने भएकी छिन् । ‘मलाई समाजिक संञ्जालमा तत्काल फिल्म नखेल्न सुझाब दिएकाले अहिले योजना बनाएकी छैन । करियर बनाउने बेला हो पहिले पढ्छु अनि फिल्मको कुरा सोच्छु’, कुशुमले भनिन् । उनले उच्च शिक्षा सकेपछि फिल्मतर्फ सोच्ने बताईन।
गोर्खा वाङलिङकी कुशुम अहिले चितवनको माडीमा क्वेष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छन् । चितवनमा रहेका आफ्ना काकाको घरमा उनी बस्दै आएकी छन् । उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।