नेपालका वितरक कम्पनीहरु सफल ब्यानर र नाम चलेका कलाकारहरुले अभिनय गरेका चलचित्रहरु सकेसम्म उम्काउन चाहन्नन् । तपाईहरुले प्राय सुनिरहनु भएको होला कि कुनै नेपाली चलचित्रलाई फ्लोरमा जानु अघि नै वा रिलिज अगावै वितरक कम्पनीले मोफसलका लागी ४०-४५ लाख एमजी दियो भन्ने । यसले के देखाउँछ भने अब नेपालमा नाम चलेका कलाकार र राम्रो ब्यानरमा बनेका चलचित्रका निर्माताहरुले ‘मेरो चलचित्र वितरण गरिदेऊ’ भनेर हिड्नु पर्ने अबस्था हट्यो । यूवापुस्ताका चर्चित कलाकारहरु र राम्रो ब्यानरमा बनेका चलचित्र खोज्न अहिले नेपालमा राम्रै एमजी दिने वितरक कम्पनीहरुको लाइन नै लाग्ने गरेको छ ।
त्यस्तै आउँदो माघ महिनाबाट फ्लोरमा जान लागेको चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’ सुटिङ पहिले नै ४५ लाखमा बिक्री भएको छ । चलचित्रको उपत्यका बाहिरको प्रदर्शन अधिकारी वितरण कम्पनि डिसिएनले ४५ लाख एमजीमा किनेको हो ।
निर्माता सरोज न्यौपानेले खुशी व्यक्त गर्दै ४५ लाख एमजीमा मोफसलको प्रदर्शन अधिकार डिसिएनलाई बिक्री गरेको खुलाए । हिट निर्देशकको छबि बनाएका हेमराज बिसी तथा प्रमुख कलाकारहरु तथा स्कृप्ट माथी नै संभावना व्यक्त गर्दै डिसिएनले उक्त रकम आफुहरुलाइ दिएको दाबी निर्माता न्यौपानेको छ ।
त्यसो त निर्देशक बिसी आफैमा फिल्मका निर्माता समेत हुन् । चलचित्रमा आना शर्मा, आशिरमान देशराज, गौरव पहारी, प्रशान्त ताम्राकार लगायत लिड अभिनयमा हुनेछन् ।
यसैबीच चलचित्रमको रिलिज मिति समेत सार्वजनिक गरिएको छ । माघमा फ्लोरमा जाने फिल्मको सम्पुर्ण काम सकिने संभावित समय तय गर्दै निर्माण कम्पनि बिसी मोशन पिक्चर्सले अर्को बर्षको भदौ २३ लाई प्रदर्शनको मिति समेत तय गरिएको छ ।