हलिउड अभिनेता ५२ वर्षीय ब्राड पिटले बाल शोषणको अभियोगबाट सफाइ पाएका छन्। उनीमाथि लागेको आरोपको विषयमा छानबिन गरिरहेका लस उञ्जलस काउन्टीको बाल तथा परिवार सेवा विभागले आरोप प्रमाणित नभएपछि मुद्धा बन्द गर्ने निर्णय गरेको हो।
विश्वको आदर्श जोडी मानिने ब्राड पिट र एन्जेलिना जोलीको पारपाचुके हुँदा जोलीले आफ्नो पूर्व श्रीमान् पिटमाथि बाल शोषणको आरोप लगाएकी थिइन्।
पिटमाथि १४ सेप्टेम्बरमा निजी विमानमा १५ वर्षीय छोरा म्याडेक्ससँग दूब्र्यवहार गरेको आरोप थियो। मुद्धाको छानबिन गरिरहेको एजेन्सीले दूब्र्यवहारको साक्षी कोही नभेटिएको बताएको छ।