नायक राजेश हमालको बैबाहिक सम्बन्ध अहिले रंगीनमय छ । लगातार आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि अहिले नायक हमाल आफ्नी श्रीमती मधु भट्टराईसँग बढी समय विताउँदै आइरहेका छन् ।
हुनत, मधुको गुनासो पनि थियो कि हमाल लगातार चलचित्रको छायाँकन र स्टेज कार्यक्रममा व्यस्त हुँदा आफुलाई समय नदिएको भन्ने त्यसैले पनि होला अहिले हमाल श्रीमतीसँग विभिन्न स्टेज कार्यक्रमदेखी सार्वजनिक कार्यक्रमहरुमा पुगिरहेका हुन्छन् ।
केही दिन अगाडी मात्रै हमाल आफ्नी श्रीमतीसँग विराटनगरमा आयोजित ‘क्यासिनो थिमी पार्टी’ मा पनि पुगेका थिए । त्यस्तै वुधबार सिक्किममा आयोजना भएको ‘चौंथो इनास अवार्ड’ मा सहभागी हुन हमाल श्रीमती मधु भट्टराईसँगै पुगेका थिए । त्यहाँ हमाल जोडीले पत्रकारहरुसँग कुरा गर्दै चाँडै आफुहरु तीन हुने तयारीमा रहेको पनि बताए ।
अवार्डमा सहभागी हुन सिक्किम पुगेको मौकामा हमाल जोडीले सिक्किमका केही ठाउँहरुमा घुमघाम पनि गरेका छन्, जुन तस्बिरहरु हमालले फेसबुकमा शेयर पनि गरेका छन् । तस्बिरमा हमाल र मधु निकै रमाइलो गर्दै गरेको देख्न सकिन्छ । प्राप्त खबर अनुसार हमाल चाँडै एक नेपाली चलचित्रको काममा व्यस्त हुँदैछन् ।