केही दिनदेखी सामाजिक सञ्जालदेखी सञ्चारमाध्यमहरुमा तरकारीवाली नामले चिनिएकी कुशुम श्रेष्ठ छाइरहेकी छिन् । प्रायः दैनिक जसो कुशुमको विषयमा समाचार र फेसबुकमा स्टाटसहरु कोरिने गर्छन् । अहिले तरकारीवालीको जसरी चर्चा भएको छ त्यसरी नै केही बर्ष अगाडी मोडल तथा नायिका अर्चना पनेरुको पनि भएको थियो । आफ्नो नग्न तस्बिरहरु फेसबुकमा पोष्ट गरेर चर्चामा आएकी अर्चनाले चलचित्रसम्म खेल्ने मौका पाइन् । युट्युवमा उनका प्रत्येक म्यूजिक भिडियो लाखौंले हेर्न थालेपछि नेपाली निर्माताहरु अर्चनालाई आफ्नो चलचित्रमा लिनका लागी खुबै तम्सिए । यतिसम्मकी निर्देशक राजु गिरीले ४ लाख पारिश्रमिक दिँदै अर्चनालाई ‘जिस्म’ नामक चलचित्रमा खेलाए । तर जसरी युटुब र फेसबुकमा उनको चर्चा र आलोचना भएको थियो त्यसले चलचित्रलाई फाईदा गरेन । अर्चनाले अभिनय गरेका दुई चलचित्र ‘जिस्म’ र ‘छेस्को’ असफल भयो । अहिले त उनको हातमा न चलचित्र छ न त म्यूजिक भिडियो नै । खबरका अनुसार अहिले उनी नयाँ बसपार्कको एक डान्सबारमा नृत्य प्रस्तुत गर्ने गर्छिन ।
अहिले त्यसरी नै तरकारीवाली कुशुमका दुई तस्बिरहरु फेसबुकमा भाइरल भएपछि उनलाई आफ्नो चलचित्रमा लिनका लागी निर्माताहरु तम्सिएको देख्दा कतै उनको पनि भविष्य अर्चना जस्तो त हुने होइन भन्ने अडकल बाजी अहिले धेरैले काट्न सुरु गरिसकेका छन् ।
तस्बिर-साप्ताहिकबाट
कुशुमलाई एक चलचित्रबाट अफर पनि आएको थियो तर उनले तत्काल आफु चलचित्रमा काम नगर्ने बताइसकेकी छिन् । अर्चना पनेरुपछि जसरी अहिले सामाजिक सञ्जाल र मिडियाहरुमा तरकारीवाली कुशुमको खबरहरुले स्थान पाइरहेका छन् त्यसले धेरै व्यक्तिहरु रुष्ट पनि हुँदै आएका छन् । चलचित्रकर्मीहरुको बुझाईमा राम्रा काम गर्ने व्यक्तिहरु भने त्यस्ता खबरहरुका कारण ओझेलमा परिरहेका छन् ।
तरकारीवालीको चर्चा व्यापक हुँदै गएपछि नेपालका धेरै नायक नायिकाहरुले सामाजिक सञ्जालमा सेल्फीवाला, सेल्फीवाली, मोवाइलवाली लगायतका स्टाटस कोर्दै आफ्ना तस्बिरहरु अपलोड गरिरहेका छन् । यसले के देखाउँछ भने तरिकारीवाली कुशुमको चर्चाले नेपाली सेलिब्रेटीहरुलाई पनि लोभ्याएको छ ।
उनी नेपाली चलचित्रमा काम गर्ने पक्का छ किनकी उनलाई नेपाली चलचित्रमा काम गर्न निकै मन छ । उनले अहिले आफु ११ कक्षामा पढिरहेको र उच्चशिक्षा हासिल गरेपछि फिल्ममा आउने बताइसकेकी छिन् । अब यो हेर्न यो बाँकी छ कि तरकारीवाली कुशुमले नेपाली चलचित्रमा काम गरिन् भने कस्तो हंगामा मच्चाउने हुन् ।