सरकारले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि ५० लाख दिने निर्णय गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको छ । पूर्वमन्त्रीसमेत रहेकी नेतृलाई सरकारले उपचार खर्च दिने निर्णय गर्दा सामाजिक सञ्जालमा सरकारसँगै सुजाताको पनि चर्को रुपमा विरोध भइरहेको छ । सामाजिक सञ्जालमा धेरैले सरकारको निर्णयप्रति आलोचना गर्दै गर्दा क्रमश नेपाली चलचित्रकर्मीहरुले पनि आफ्नो विचार राख्दै गएका छन् । त्यही क्रममा पछिल्लो समय सामाजिक सञ्जालामा निकै सक्रिय नायक राजेश हमालले पनि सुजातालाई ५० लाख रुपैयाँ दिने सरकारी निर्णयप्रति व्यंग्य गरेका छन् ।
आफ्नो फेसबुकमा राजेशले लेखेका छन्, ‘के यो मैले साचो सुन्दै छु ? वर्तमान सरकारले प्रत्येक स्तन क्यान्सर पीडितहरुलाई ५० लाख दिन लागेको हो ? कि मैले गलत सुने ? कृपया मलाई सच्चाइदिनुहोला ।’
उनले सुजता कोइरालाको नाम उल्लेख नगरि फेसबुकमा कूटनीतिक रूपमा सरकारले गरेको निर्णय प्रति चोटिलो प्रहार गरेका छन् । मलेसिया भ्रमणमा गएका बेला विरामी परेर जाँच गराउँदा कोइरालामा स्तन क्यान्सरको लक्षण देखिएको थियो ।