सलमान खान जहाँ जान्छन् उनको साथमा सँधै ब्रासलेट पनि जान्छ । सलमान ब्रासलेटलाई कहिल्यै पनि आफूबाट टाढा हुन दिन्नन् । किनकी उनलाई त्यो ब्रासलेट उनका पिता सलीम खानले उपहार दिएका हुन् ।
धार्मीक कुराहरुमा पनि विश्वास गर्ने सलमानले लगाएको ब्रासलेटमा फिरोजा नामको पत्थर छ । यसलाई भाग्य चम्काउने पत्थर पनि भनिन्छ । यो पत्थर अभिनय, फेशन, डिजाईनिङमा सफल हुनको लागि लगाईने बिज्ञहरु बताउँछन् । यति मात्रै नभएर यो पत्थर रक्सी र तासको लत छुटाउनको लागि पनि लगाईन्छ । सलमान खानको यो ब्रासलेट सेलिबब्रेटीको चर्चित स्टाईलका रुपमा पनि चिनिन्छ ।
तर एउटा कुरा के थाहा पाइराख्नुहोस् भने सलमान खान आफ्नो परिवारका लागी जे पनि गर्न सक्छन् । जब कुरा आफ्नो प्यारो भान्जाको आउँछ तब सलमान कुनै पनि कुरामा पछाडी पर्दैनन् ।
हालैमा सलमानकी बहिनी अर्पिताले आफ्नो छोरा अहिलको तस्बिर इंस्टाग्राममा शेयर गरेकी छिन् । उक्त तस्बिरमा व्हाइट सूटमा अहिल निकै क्यूट देखिएका छन् । तस्बिर हेर्दा यस्तो लाग्छ कि आइतबार अहिल आफ्नो मामा सलमान खानको साथमा थिए र त्यस दौरान उनलाई बजरंगीको ब्रासटेल खेल्नका लागी मिलेको छ ।