‘सुन न मनको कुरा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनिष खड्काको शब्द रहेको गीतमा ओम सुनारको स्वर तथा संगीत सुन्न सकिन्छ । दिनेश पौडेलले निर्देशन गरेको भिडीयोलाई उपत्यका आसपासका रमणीय स्थानमा छायांकन गरिएको हो । फिल्मी शैलीमा निर्माण गरिएको म्यस्जिक भिडियोमा रामेश्वर हुमागाइँको छायांकन र गौताम राज खड्काको सम्पादन रहेको छ । करिब एक दर्जन चलचित्रमा स्वर तथा संगीत दिइसकेका ओमको ‘सुगन्ध–३’ यस भिडियोमा चन्दु ताम्राकार र अस्मिता लामिछानेले मोडलिङ गरेका छन् ।