गएको हप्ता प्रदर्शनमा आएको चलचित्र ‘जंग बहादुरको कोट’ मा एक कलाकारले बोलेको संवाद छ, ‘जंग बहादुरको कोटले नेपालमा तहल्का पिट्छ’ । चलचित्रमा कलाकारले जस्तो संवाद बोलेका थिए ठिक त्यसको उल्टो भयो ‘जंग बहादुरको कोट’ को विजनेश । ‘जंग बहादुरको कोट’ ले नेपालमा यस्तो तहल्का पिट्यो कि दर्शकहरुले खल्तीको पैसा रित्याएर हलसम्म जान आबश्यक नै ठानेनन् र त्यसै थन्कियो ‘जंग बहादुरको कोट’ दराज । अझ सबैले बुझ्ने भाषामा यो भनौ कि ‘जंग बहादुरको कोट’ ले कोटको मूल्य पनि उठाएन । गएको हप्ता चलचित्र ‘जात्रा’ सँग एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र ‘जंग बहादुरको कोट’ ले प्रिमियरमा नै गलितो तारिफ पाएको थिएन, फलस्वरुप ‘जंग बहादुरको कोट’ नेपाली बक्सअफिसमा असफल भयो । तर यही चलचित्रसँग प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ ले भने ६ दिनमा १ करोड माथीको विजनेश गर्दै नाफाको बाटोमा लागिसकेको छ । समिक्षकहरुबाट गतिलो तारिफ पाएको ‘जात्रा’ ले आज शुक्रबारबाट थप मल्टिप्लेक्समा शो पाएको छ । यसले के देखाउँछ भने राम्रो चलचित्र बने दर्शकहरु गोजीको पैसा रित्याउन तयार हुन्छन् तर नराम्रो चलचित्र हेरेर दर्शकहरु टाइमपास पनि गर्न चाहन्नन् । ‘सिनेखबर डटकम’ लाई प्राप्त जानकारी अनुसार चलचित्र ‘जंग बहादुरको कोट’ नेपालका अधिकांश हलहरुबाट उत्रिसकेको छ ।
यस चलचित्रको कथा राणा वंशको संस्थापक जंग बहादुरको १५० वर्ष पुरानो कोटमा आधारित थियो । यो चलचित्रमा अनुप बराल, बिम्लेश अधिकारी, बिशोव बस्नेत, सुचित्रा आचार्य, शुवान्गी कोइराला, रश्मी भट्ट, मोहन निरौला, आलोक कार्की, समिक्ष्या अर्यालको अभिनय रहेको छ ।