हलिउड अभिनेता ड्वेन डगलास जोनसन (रेसलिङमा रकको नामले परिचीत) सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा लड्न सक्ने संकेत देखिएको छ । वेवसाइट ‘ऐसशोबिज डटकम’ का अनुसार आठ नम्बरमा घोषित भएको चुनाव परिणाममा डोनाल्ड ट्रम्पको अप्रत्याशित जीतका बारेमा अभिनेताले आफ्नो फिल्म ‘मोअना’ का लागि आयोजित कार्यक्रममा एक सम्वाददाताले भने की जोनसन सन् २०२० को राष्ट्रपति चुनावमा उठ्ने सम्भावना बलियो रहेको छ ।
जोनसनले पत्रिका ‘भ्यानिटी फेयर’ लाई भनेका छन्,‘यो अवसर पाएमा मैले अस्विकार गर्नेछैन ।’ उनका अनुसार यो अवसर जनताहरुको मदत गर्नका लागि ठुलो अवसर हुनेछ ।