टेलिभिजन सीरियल ‘ससुराल सिमर का’ का सबैभन्दा स्टाइलिश जोडी अभिनेता धीरज धोपर र ‘उड़ान’ अभिनेत्री विन्नी अरोडाले गएको बुधवार रात दिल्लीमा विवाह गरेका छन् । विवाह हेर्दा यस्तो लाग्थ्यो कि उनीहरु लामो समयदेखी विवाहको तयारीमा जुटेका थिए । विवाहको मेहन्दी र हल्दी समारोहमा अभिनेत्री ऋद्धि डोगरा, नेहा नारंग र विन्नी जस्ता चर्चित अभिनेत्रीहरु समेत सहभागी भएका थिए ।
सोशल मीडिया स्टार Sumier एस पसरीचा उर्फ पम्मी चाची पनि विवाह समारोहको हिस्सा बनेका थिए । दुलहा र दुलही आफ्नो विवाहको पोशाकमा निकै सुन्दर देखिएका थिए । सबै पाहुनाको आँखा धीरज धोपर र विन्नी अरोडामै अडिएको थियो । अभिनेत्री ऋद्धि डोगराले धीरज र सुन्दर दुलही विन्नीका केही फोटोहरु इंस्टाग्राम पनि शेयर गरेकी छिन् । धीरज धोपर र विन्नी अरोडा लामो समयदेखी प्रेम सम्बन्धमा रहेका थिए ।