फिल्ममा भलै नायकहरुले मोटो रकम कमाउँछन् । तर, नायिकाहरु पनि यस मामिलामा पछि छैनन् ।
बलिउडकी ड्रिम गर्ल हेमा मालिनीले साउथका नायक बालकृष्णाको १०० औं फिल्म ‘गौतमपुत्र सातकर्णी’मा आमाको रोलका लागि करिब २ करोड पारिश्रमिक पाएकी छन् । यसमा हेमा मालिनीको एक प्रभावशाली भूमिकामा देखिनेछिन् । उसो त हेमा मालिनीजस्तै साउथका अरु कयौं सिनियर नायिकाहरु छन् जसलाई आमाको रोलमा मोटो रकम पाइने गरेको छ ।
हेमा मालिनीले सन् १९६१ मा रिलिज भएको तमिल फिल्म ‘इधु साथियम’बाछ डेब्यु गरेकी हुन् । यसमा उनको रोल डान्सरको थियो ।
पछि उनले १९६५ मा एक तेलगु फिल्म ‘पाण्डव वनवासम’मा काम गरिन् । यसपछि हेमाले सन् १९७१ मा एक अर्को तेलगु फिल्म ‘श्रीकृष्ण विजयम’मा रम्भाको भूमिका निभाइन् ।
अहिले उनी तेलगु फिल्म ‘गौतमी सातकर्णी’मा आमाको भूमिकामा देखिदैंछिन् । बलिउडमा हेमाको पहिलो फिल्म ‘सपनो का सौदागर’ थियो, जुन सन् १९६८ मा रिलिज भएको थियो ।