आमा बन्ने इच्छा त सबै महिलालाई हुन्छ । यस्तै किम कार्दशियन एक पटक फेरी आमा बन्न चाहन्छिन् । तर अब किम आमा बन्न नसक्ने भएकी छिन् । यसका लागी अब उनको पासमा एउटा मात्र उपाय छ त्यो हो सरोगेसीको साहारा । कीपिंग अप विद कार्दशियन स्टार यो शोको एक एपिसोडमा प्रेग्नेन्सीलाई लिएर निराश देखिएकी थिइन ।
डक्टर्सले किमलाई वर्निंग दिएका छन् की यदि उनले यस पटक आमा बन्ने कोशिश गरिन् भने ज्यानलाई समेत खतरा हुनेछ । किमले यसभन्दा अगाडी नै दुई बच्चालाई जन्मदिइसकेकी छिन् । यसपछि किमले लगातार डक्टर्सको सुझाब लिँदै गएकी छिन् ।
यस पटक जब कुरा तेस्रो बच्चाको आयो तबदेखी किमको मुश्किल बढेको छ । किमका डाक्टर पप क्रेनले भने, ‘तिमी यो जान्दिनौ कि यो समस्या पहिलाको जस्तै नै हुन सक्छ । यो पनि हुन सक्छ कि त्यो भन्दा पनि बढी हुन सक्छ । म जान्दछु कि तिमी सधै रिस्क लिन्छौ । तर यस पटक तिम्रो ज्यानलाई पनि खतरा हुन सक्छ ।’