बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो पहिलो ब्रेकअप १६ वर्षको उमेरमा भएको खुलासा गरेकी छिन् । ‘म १६ वर्षकी थिएँ, जब मेरो ब्रेकअप भयो। त्यो बेला मैले त्यस पीडालाई आफ्ना साथीहरूसँग बसेर मोड्ने प्रयास गर्थे। तर आजको कुरा गर्नुहुन्छ भने म घुम्न जानेछु या आफ्नो काममा ध्यान केन्द्रित गर्नेछु’, उनले भनिन्।
‘कुनै कुराको अन्त हुनुमा कुनै कारण अवश्य रहेको हुन्छ तर त्यसो हुनुहुँदैनथ्यो भनेको अवस्थामा त्यो निश्चितरूपमा फेरि फर्केर आउँछ। मलाई सधैं मनमा के लाग्छ भने यदि कोही तपाईको भाग्यमा लेखिएको छ भने त्यो जीवनमा फर्केर आउनेछ’, उनले थपिन्।
आलियाको शाहरूख खानसँग पहिलोपल्ट अभिनय गरेको फिल्म डियर जीन्दगी नोभेम्बर २५ मा रिलिज हुँदैछ।