नायिका केकी अधिकारी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिन्छिन् । उनको विषयमा अहिलेसम्म नराम्रा खबरहरुले मिडियाहरु तातेका छैनन् । हाल चलचित्र ‘ऐश्वर्य’ को छायाँकनमा व्यस्त केकीको चाँडै ‘लभ सासा’ नामक चलचित्र प्रदर्शनमा आउँदैछ । केकी ‘लभ सासा’ बाट दर्शकको मन जित्नेमा विश्वस्त छिन् । ‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी केकीले अहिलेसम्म एक दर्जन बढी चलचित्रमा काम गरिसकेकी छिन् तर उनका अधिकांश चलचित्रहरु असफल छन् । व्यबसायिक रुपमा चलचित्र असफल भएपनि केकीको व्यस्तता नेपालका अन्य नायिकाहरुको भन्दा कम छैनन् । उनले आफ्नो चलचित्र व्यबसायिक रुपमा सफल नभएपनि दर्शकहरुले आफ्नो भुमिकालाई मनपराएको बताउँछिन् ।
‘सिनेखबर डटकम’ सँगको एक भेटमा उनले विवाह अगाडीको शारीरिक सम्बन्ध राम्रो नभएको बताएकी छिन् । उनले भनिन्, ‘संसार यसैको कारण अगाडी बढिरहेको छ । म सेक्सलाई एकदमै रेक्सपेक्ट गर्छु । सेक्सलाई सिंगल शब्दमा परिभाषित नै गर्न सकिदैन । हरेक चिज यो विना अगाडी बढ्न सक्दैन । मलाई के लाग्छ भने यदी तपाई त्यसलाई सही ठान्नु हुन्छ भने सेक्स राम्रो हो । तर जिम्मेवारीका साथ शारीरिक सम्बन्ध बनाउनु हुन्छ भने राम्रो हो तर गैरजिम्मेवारी तरिकाबाट गरिने सम्बन्धलाई चाहिँ म कहिले स्वीकार गर्दिन ।’
‘म विवाह अगाडीको सेक्सलाइ राम्रो मान्दिन । मैले यसलाई नराम्रो भन्न खोजेको होइन तर मान्छेहरु गैरजिम्मेवारी भईदिँदा यसबाट धेरै दुर्घटनाहरु घट्न सक्छ’, उनले थपिन् ।
उनले आफु चाँडै चलचित्र निर्माण पनि उत्रिने जानकारी दिएकी छिन् । मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल लगायतका चलचित्रहरु केकीले अभिनय गरेका सिनेमाहरु हुन् । केही समय अगाडी उनले थिएटरमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चारूमतिमा पनि अभिनय गरेकी थिइन् ।