माघे संक्रान्तिलाई लक्षित गर्दै पौष २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र शब्दको टीजर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच निर्माणपक्षले चलचित्रको टीजर, पोस्टर तथा गीत सार्वजनिक गरेको हो । सौगात मल्ल स्टारर चलचित्र शब्दले टिपिकल नेपाली गाउँले परिवेशको कथा बोल्छ । नवनिर्देशक सन्तोष शिवाकोटीको निर्देशनमा बनेको यो चलचित्रमा सौगातका अलवा कमली वाइबा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओशिन भट्टराई, राज थापा लगायतको अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायाँकन, राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत, यम थापा र किरण घिमिरेको कथा, बनिष शाहले सम्पादन, एनवी महर्जनको द्धन्द्ध र डा. कृष्णहरि बराल र राजनराज शिवाकोटीको गीत रचना रहेको छ । चलचित्रलाई छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । चलचित्र ‘शब्द’ सँगै यस बर्षको माघे संक्रान्तिमा अरु तीन चलचित्र पनि प्रदर्शनमा आउने तयारीमा छन् । ‘किङ’, ‘लभसासा’ र ‘कारखाना’ चलचित्रसँग ‘शब्द’ एकसाथ प्रदर्शनमा आउँदैछन् ।