केही महिना अगाडी एउटा खबर बाहिर आएको थियो कि विकासराज आचार्यले निर्माण गर्न लागेको चलचित्र ‘समर लभ’ का लागी नायिका अर्थात मुख्य पात्र ‘साया’ भेटिएन । चलचित्रको कथावस्तु अनुसार नायिका नभेटिँदा निर्माता तथा निर्देशक विकास आचार्यले चलचित्रको छायाँकन नै यस बर्षलाई रोके । विकास आचार्यले चलचित्र ‘समर लभ’ का लागी नायिका खोज्दै गर्दा ‘साया’ नाम राखिएको एक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । तपाई नझुकिन होस् कि लेखक सुविन भट्टराईद्धारा लिखित पुस्तक ‘साया’ मा चलचित्र ‘साया’ आधारित छैन ।
पौष ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साया’ को सोमबार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ । गाउँले परिवेशको कथा बस्तु उठान गरिएको देखिने सायामा प्रोमिस गुरुङ, उमेर तामाङ, टिना श्रेष्ठ र पुष्कर गुरुङको चलचित्र सायामा मुख्य भुमिका रहेको छ । प्रोमिस गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रलाई रामकृष्ण मगर र प्रोमिस गुरुङले निर्माण गरेका हुन् । यो चलचित्रमा हरी सायामीको संगीत, बाबुराम नेपालीको छायाँकन, मेलिना राई, प्रोमिस गुरुङ र सागर थापा मगरको गीतमा स्वर रहेको छ ।