नेकपा एमालेको भातृसंगठनले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष, जितेन्द्र देवले आक्रोश पोखेका छन ।
प्रमुख दलका नेताले स्थिति सम्हाल्न नसके संविधान धरापमा परी मुलुकमा ठूलो साम्प्रदायिक दंगा भड्किन सक्ने दावी गर्दै उनले अहिलेको जटिल र चुनौतीपूर्ण परिस्थितिमा केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई आग्रह गर्न चाहान्छु कि तपाईँहरुले सम्हाल्न सक्नुभएन भने संविधान त धरापमा पर्छ नै मुलुकमा ठूलो साम्प्रदायिक दंगा भड्कन सक्छ’, देवले प्रश्न गरे, ’त्यस्तो बेला मुलुकको रक्षा कसले गर्छ?’
संविधान संशोधनको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउने काम छोड्न उनले एमालेलाई आग्रह समेत गरे।
आउनुहोस्, संविधान संशोधनको विषयमा छलफल गरेर आवश्यकता र औचित्य पुष्टि गरौँ’, उनले आग्रह गरे, ’दुवैखाले अतिवादले मुलुक बन्दैन। आवश्यकता र औचित्य भन्न छाडिदिनुस्।’ संविधान संशोधनको औचित्य एमालेले पनि बुझिसकेको दावी गर्दै उनले ठूला दलका नेताले मधेसको मनोविज्ञान बुझ्न नसकेको बताए। ’
पूरानो कुरा स्मरण गर्दै उनले भने एकचोटि मैले ओली, प्रचण्ड, देउवा, माधव, झलनाथ सँगै भएको बेला उहाँहरूलाई भनेको थिएँ तपाईँहरुले अहिले पनि मधेस र मधेसका समस्या बुझ्न सक्नुभएन। त्यहाँ जुन मनोविज्ञान निर्माण भएको छ, त्यसलाई बुझ्न सक्नुभएन’, उनले स्मरण गरे। आफूले मुलुकलाई काश्मिर नबनाउनुस् भन्दै आँसु झारेको र ओलीले आफूलाई भावुक भनेको उनले सुनाए। ’ -एस काठमाडौं