मोडल पेरिस हिल्टनले भनिन् कि ‘जतिखेर पनि बोटोक्स या कस्मेटिक सर्जरी नगरेकोमा आफुले आफुलाई गर्व महशुस गर्छु ।’ उनले अहिलेसम्म सर्जरी गरेकी छैन तर उनले कहिले पनि कस्मेटिक सर्जरी गर्नेको पनि आलोचना गरेकी छैनन ।
हिल्टनले भनिन, ‘‘हो…मलाई निकै गर्व छ कि म पूर्ण रुपमा प्राकृतिक हुँ र मैले कहिले पनि सर्जरी गरेकी छैन । म आफुदेखी निकै खुसी छु तर मैले सर्जरी गर्नेहरुको आलोचना या प्रशंसा पनि गरेकी छैन । मान्छेहरु त्यही गर्छन, जसमा उनीहरु खुसी हुन्छन् ।’’
उनले भनिन् कि अब उनी समझदार भइसकेकी छिन् कि को आफ्नो प्रसिद्धिको लागी आफुलाई प्रयोग गरिरहेको छ र को वास्तव मै सत्य छ ।