नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ को नयाँ गीत सार्वजनिक भएको छ । माघे संक्रान्तिलाई लक्षित गर्दै पौष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘किङ’ को सार्वजनिक ‘अधुरो थियो सपना’ बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल फिचरिङमा छन् । गीतमा प्रविशा अदिकारी र सन्नी सुनामको स्वर रहेको छ भने वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्कीको संगीत । गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । गीतमा मेकिङ स्पष्ट झल्किएको छ । सुन्दर लोकेशनले अझ गीतलाई आकर्षक बनाएको छ ।
चलचित्रमा निखिल, वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्वलसुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ । सबिर श्रेष्ठ चलचित्रका निर्देशक हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् ।