नायिका तथा मोडल सुरविना कार्की भनेपछि तपाईलाई उनको बारेमा धेरै भनिरहनु सायदै नपर्ला किनकी उनी आफ्नो अभिनयबाट भन्दा पनि चलचित्रमा बेड सिन र हट फोटोसुटका कारण चर्चामा आइरहेकी हुन्छिन् । ‘झेली’ चलचित्रमा हट सिन दिएपछि एकाएक चर्चामा आएकी सुरविनाको फिल्म करियर भने ‘झेली’ ले नै ध्वस्त बनाइदियो । ‘झेली’ चलचित्रबाट रंगीन पर्दामा डेव्यू गरेकी सुरविनाले त्यसपछि ‘नाईके’, ‘लुकामारी’, ‘सुश्री’ चलचित्रमा काम गरिसकेकी छिन् । उनी अभिनित नयाँ चलचित्र ‘चर्खा’ चाँडै प्रदर्शनमा आउँदैछ । केही दिन अगाडी उनै सुरविनासँग हामीले केही रमाईला कुरा गरेको थियौ । उनलाई हामीलाई पहिलो प्रश्न गर्यौ कि ‘सेक्सलाई कसरी लिनुहुन्छ ?’ र उनले सहजै उत्तर दिइन, ‘सेक्स प्रकृतिको देन हो’ । उनका अनुसार भावनासँग भएको सेक्सलाई नराम्रो भन्न मिल्दैन । उनी अगाडी भन्छिन्, ‘सेक्सलाई कसले कसरी लिइन्छ भन्नेमा भर पर्छ । यदी तपाई सजिलो मान्नु हुन्छ र विश्वास गर्नुहुन्छ भने सेक्स सम्बन्ध राख्नु गलत होइन ।’
फेरी हामीले अर्को प्रश्न गर्यौन कि ‘विवाह अगाडीको शारीरिक सम्बन्धलाई कसरी लिनुहुन्छ ?’ अनि उनले अगाडी भनिन्, ‘यदी मान्छे विवाह अगाडी नै शारीरिक सम्बन्धलाई सहि ठान्छन् भने त्यो नराम्रो होइन ।’
उनले हामीसँगको कुराकानीमा आफु अहिले सिंगल रहेको पनि बताउन भ्याइन । ‘म प्रेममा छैन । हो एक समय थिए तर अहिले म आफ्नो करियरलाई नै लिएर चिन्तित छु । कहिले काहिँ मन लाग्छ प्रेमीसँग हातमा हात मिलाएर हिडुँ, केही मनका कुरा भनुँ तर पछि फेरी सम्झन्छु अहिले म करियर बनाउनमा चन्तित छु । अहिले मलाई प्रेम गर्ने बेला भएको छैन । मलाई चारै तिर माया नै माया छ त्यसैले प्रेमीको आबश्यक परेको छैन ।’ उनले भनिन् ।
केही महिना अगाडी सौगात मल्ल र कर्मा शाक्य स्टारर चलचित्र ‘लुकामारी’ मा अभिनय गरेकी सुरविनाले कर्माको साथ केही इन्टिमेन्ट सिन पनि दिएकी थिइन । ‘भविष्यमा कुन नायकसँग इन्टिमेन्ट सिन दिन तपाईलाई अप्ठ्यारो हुँदैन ?’ भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘कर्मासँग लुकामारीमा मैले इन्टिमेन्ट सिन गरेको थियो । पछि त्यस्तो अवसर आयो भने कर्मासँग इन्टिमेन्ट सिन दिन मलाई गाह्रो नहोला ।’
उनले ‘चपली हाईट २’ का नायक आयूष्मान देशराज श्रेष्ठसँग ब्लाइन्ड डेटमा जान तयार रहेको पनि बताएकी छिन् ।