केकी अधिकारी र बिनोद न्यौपाने अभिनित ‘क्या दामी’ बोलको नयाँ म्यूजिक भिडियो सार्बजनिक भएको छ । रोमान्टिक बेशमा तयार गरिएको भिडियोमा केकी लजाउँदा समेत निकै राम्रो देखिने बताएका छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर समाबेश क्या दामी बोलको गीतको अडियो समेत निकै रोमान्टीक बनेको छ ।
आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले आफुलाई सार्बजनिक गीतले स्थापित गायक बनाउने बताए । आफ्नै जन्मदिनमा बजारमा ल्याएको गीतलाई दर्शक श्रोताले साथ उनको विश्वास छ ।
पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त बिसाल भण्डारीले निर्देशन गरेको म्यूजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निसान घिमिरेको रहेको छ ।