जि टिभीबाट प्रशारण हुने चर्चित टिभी सिरियल ‘कुम कुम भाग्य’का दुई स्टार कलाकारसँग नेपाली नायक जीवन लुइँटेलले भेट गरेका छन् । केही दिनदेखी भारतमा रहेका जीवनले ‘कुम कुम भाग्य’को सेटमा पुगेर शब्बीर अहलूवालिया (अभि) र सृति झा (प्रज्ञा) सँग भेट गरेका हुन् । जीवनले यि दुवै कलाकारसँग केही बेर कुरा गरेको जीवनले आफ्नो आधिकारीक फेसबुकमा पोष्ट गरेको तस्बिरबाट अनुमान लगाउन सकिन्छ । तस्बिरमा सृति झासँग जीवनले निकै खुलेर कुरा गरेको देख्न सकिन्छ भने सृति झा पनि जीवनसँगको कुराकानीमा निकै हँसिलो मुहारमा देखिएकी छिन् । भारतीय टिभी सिरियल ‘कुम कुम भाग्य’ नेपालमा पनि महिलाहरुले निकै रुचाउँछन् ।