हलीउड अभिनेत्री पामेला एन्डरसन माछा पालनको विरोधमा जोडिएकी छिन् र उनले मान्छेहरुलाई सिधै समुन्द्रको माछा सेवन गर्न सल्लाह दिएकी छिन् । अमेरिकाको निकै चर्चित धारावाहिक ‘बेवाचु’मा काम गरिसकेकी पामेलाले दाबी गरेकी छिन् कि सिधै समुन्द्रबाट समातिएको माछा पर्यावरण र मानिसका लागि स्वास्थ्यवर्धक रहन्छ । महत्वपुर्ण कुरा के हो भने समुन्द्रमा माछा पालन गर्नाले महासागर प्रदूषित हुन्छ । पामेलाले भनेकी छिन्, ‘मैले जब माछा पालनको विषयमा अध्ययन गरे तब मात्र थाहा भयो यो कति घातक छ भन्ने । यहाँसम्मकी मेरी आमा पनि भन्नु हुन्छ कृत्रिम रुपबाट पालिएको माछा खाएर हामीले महासागरलाई प्रदूषित गरिरहेका छौ ।’ एन्डरसन हालै पर्यावरणविद डेविड सुजुकीसँग पनि जोडिएकी छिन् । गैर सरकारी संगठन सी शेफर्ड कंजर्वेशन सोसाइटीको लागि काम गर्ने सुजुकी कृत्रिम रुपबाट पालिएको साल्मन माछामा एक नुकसानदेह विषाणुको उपस्थितिको बारेमा जागरूकता फैलाउने अभियानमा रहेको छ ।