एक्ट्रेस तथा आइटम गर्ल राखी सावन्तले यो भनेकी छिन् कि उनी बिग बोस कन्टेस्टेन्ट स्वामी ओमजीलाई न्यूड गरेर घुमाउन चाहन्छिन् । यो स्टेटमेन्ट उनले रेडिफ टट कमलाई दिएको अन्तर्वार्तामा भनेकी हुन । राखी स्वामी ओमजीद्वारा महिलाहरुको क्यारेक्टरमाथी गरिएको कमेन्ट्सलाई दिएर क्रोधित छिन् । उनले भनिन्, ‘म बिग बोसको घरमा गएर स्वामीजीलाई क्लास दिन चाहन्छु । स्वामीजी वृद्ध महिलाहरुको क्यारेक्टरमाथी कमेन्ट गरिरहन्छन् । को हुन् उनी ? कोही जर्ज हुन् र ? कपडा चोरेर फ्याक्न चाहिन्छु ढोका भन्दा बाहिर ।’
राखीले अगाडी भनिन्, ‘म स्वामीजीको कपडा चोरेर न्यूड घुमाउन चाहन्छु । म उनको कपडा पर्खालभन्दा बाहिर फ्यालिदिन्छु र उनलाई भन्छु कि जाउँ र खोजेर ल्याउँ । जब उनी सुतिरहेका हुन्छन् तब म उनको कपाल काट्न पनि सक्छु । थाहा छैन शो मेकर्सले कुन गुफाबाट यि बाबालाई समातेर ल्याएका हुन ।’