रजनीकान्त र अक्षय कुमार स्टारर ‘२.०’ स्टारकास्टका साथै महँगो बजेटका कारण पनि अहिले यो चर्चामा छ । फिल्म ३५० करोडमा बन्दैछ । ‘२.०’ को बजेको विषयमा सुनेर बलीउड निर्माताहरु पनि हैरान भएका छन् । अहिले बलीउड निर्माताहरुको ध्यान यो फिल्मको वर्ल्डवाइड कारोबारमा छ । ट्रेड एनालिस्ट अमूल मोहनले बताए, ‘जब साउथ इन्डस्ट्रीबाट ‘२.०’ को ३५० करोड बजेटको खबर बाहिर आएपछि सबै स्तब्ध छन् । हामी यसको छोटो भन्दा छोटो हिस्साका लागी संघर्ष गरिरहेका छौ । तर, बलीउडका लागी यो बजेट कुनै ठूलो रकम भने होइन ।’
ट्रेड एनालिस्ट तथा एग्जीबिटर अक्षय राठीले भनेका छन् कि ‘२.०’ इण्डियाको सबैभन्दा महँगो फिल्म यस कारणले पनि भएको छ, किनकी यसमा महँगो भिएफ्एक्सको प्रयोग गरिएको छ । यो निकै एडवान्स छ । साथै दोस्रो ठूलो कारण रजनीकान्त, अक्षय, एआर रहमान र निर्देशक शंकर एकसाथ हुनु । उनीहरुको पारिश्रमिक निकै उच्च छ । रोबोट पनि निकै ठूलो बजेटको फिल्म थियो तर यस पटक अक्षय पनि जोडिएका छन् । यो फिल्ममा अक्षयले करिब ४५ करोड पारिश्रमिक लिएको बताइएको छ ।