पौष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘किङ’ को तीनवटा अडियो गीत समाबेश अडियो जुकबक्स सार्वजनिक गरिएको छ । ‘भ्रुम भ्रुम’, ‘लातको भुत’ र ‘अधुरो’ गीत मध्ये निर्माणपक्षले ‘भ्रुम भ्रुम’ र ‘अधुरो’ बोलको भिडियो सार्वजनिक गरिसकेको छ भने बाँकी एउटा गीत लातको भुत चाँडै सार्वजनिक गर्ने चलचित्रका निर्देशक सबिर श्रेष्ठले जानकारी दिए । ‘भ्रुम भ्रुम’ बोलको गीतमा विनोद ढकालको स्वर र शब्द रहेको छ भने संगीत सुजेन्द्र डि. कार्कीको छ । त्यस्तै ‘अधुरो’ बोलको गीतमा प्रविशा अधिकारी र सन्नी सुनामको स्वर रहेको छ भने वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्कीको संगीत । अर्को गीत ‘लातको भुत’ मा केतन क्षेत्रीको स्वर, विनोद ढुंगानाको शब्द र बसन्त सापकोटाको संगीत रहेको रहेको छ ।
नायक निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ मा नायिका वेनिशा हमाल, अनुपबिक्रम शाही, रुपा राना, प्रज्वलसुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । चलचित्रका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् ।