मन्जिना मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘यो साइनो मायाको’ टीजर सार्वजनिक भएको छ । टीजरमा चलचित्रका मुख्य कलाकार जतिन ताम्राकार र रेष्मा घिमिरेको प्रेमभावलाई देखाउन खोजिएको छ । टीजर हेर्दा चलचित्र सांगितिक प्रेम कथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रलाई अरुण प्रधानले निर्देशन गरेका हुन ।
यो चलचित्रमा जतिन ताम्राकार र रेष्मा घिमिरेका अलवा चलचित्रमा नभनित राज प्रधान, राजु भुजेल, किशोर भण्डारी सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडाले पनि अभिनय गरेका छन् ।
यो चलचित्रमा पटकथा तथा संवाद निर्देशक प्रधान कै रहेको छ । कुन्दन थापा, बिकेस के. शंकरको संगीत रहेको यस चलचित्रका गीतहरुमा शिब परियार,मनिशा पोख्रेल, कोसिश क्षेत्री, मेलिना राई, बिकेश के. शंकर र ज्योती सुब्बाको स्वर रहेको छ । राम कुमार श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा सुरेश भन्डारी, ज्ञानु रोयको पनि लगानी छ । चलचित्रको रिलिज मिति भने घोषणा गरिसकिएको छैन ।