पौष १५ गतेबाट आफ्नो प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र ‘समर्पण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मित्रता, प्रेम, द्धन्द्ध लगायतका पक्षलाई देखाउन खोजिएको छ । नेपाल तथा बंगलादेशमा छायाँकन गरिएको चलचित्र ‘समर्पण’ मा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल, अनु पराजुली, बालकृष्ण बञ्जारा, दीपक थापा र कुमार श्रेष्ठको अभिनय छ । चलचित्रलाई रोजन रखालले निर्माण गरेका हुन् भने उनलाई बंगलादेशी नागरिक इमरान सिद्धिकीले पनि निर्माणमा सघाएका छन् ।
निर्माता रोजलका अनुसार, चलचित्र ‘समर्पण’ पारिवारिक कथावस्तुमा निर्माण भएको हो । विश्वास लामाको नृत्य, कुमार महर्जनको द्वन्द्व, तारा थापा किम्भे र किरण अधिकारीको सम्पादन रहेको चलचित्रमा दिव्य सुवेदीको छायांकन छ । त्यस्तै समर्पण निर्माणपक्षले केही दिन अगाडी राजधानीमा एक कार्यक्रमका बीच राष्ट्रिय अपांग कोषलाई नगद २० हजार सहयोग प्रदान गरेको थियो । निर्माता रोजलले आगामी दिनहरुमा पनि सामाजिक काममा हात अगाडी बढाउने बताए ।