केही दिन अगाडी मात्र बलीउड अभिनेता सलमान खान र शाहरुख खान एउटै अवार्ड समारोहको उद्घोषक थिए । लामो समयपछिको दुस्मनी तोड्दै दुवै नायक एकसाथ स्टेजमा उपस्थित हुँदा दर्शकहरु पनि दंग देखिन्थे ।
दुवै नायकले चलचित्र करण अर्जुनको गीतमा प्रस्तुती दिएर आफुहरु साथी भइसकेको सन्देश पनि दिए । दुवै नायकले समारोहमा धमाकेदार प्रस्तुती दिएका थिए ।
तर समारोहको अन्त्यतिर उनीहरु दुवैले संयुक्त रुपमा कार्यक्रम समापन गर्ने तालिका रहेको थियो । तर शाहरुख खान अवार्ड समारोहबाट एकाएक बाहिरिए । शाहरुख एकाएक सो बाट निस्किएपछि सलमान खान एक्लो प्रस्तुतीका साथ सो को समापन गरेका थिए ।
शाहरुख एकाएक सो बाट निस्किएर कहाँ गए भन्ने कौतुहलले बलीउड तात्यो । तर पछि शाहरुखको ट्वीटमार्फत यसको स्पष्टिकरण दिएका छन् । उनी त्यहाँबाट सिधै आफ्नो चलचि राईसको सुटिङमा पुगेको थिए ।