बलीउड अभिनेता अर्जुन कपुरको जन्म २६ जून, १९८५ मा भएको हो । उनि चलचित्र निर्माता तथा निर्देशक बोनी कपूरका छोरा हुन् । चलचित्र ‘इशकजादे’ बाट बलिउड डेब्यू गरेका अर्जुनको पहिलो चलचित्र सुपरहिट रह्यो।
यस बाहेक उनले गुण्डे, टू स्टेट्स, तेवर, की एण्ड का जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । उनले टेलिभिजन रियलिटी शो ‘खतरो के खेलाडि’ को प्रस्तोताको रुपमा पनि काम गरे ।
कुनै पनि यस्ता देखिन्थे अर्जुन
चलचित्रमा आउनु पहिले अर्जुनको तौल निकै ज्यादा रहेको थियो । तौल घटाउन सलमान खानले उनलाई सल्लाह पनि दिएका थिए । सलमानको सुझावसँगै अर्जुनले ४ बर्षमा आफ्नो ५० किलो तौल कम गरे ।