इण्डियन सिनेमामा कास्टिङग काउच कुनै ठूलो कुरो होइन । चलचित्र पाउनका लागि पुरानादेखी नयाँ अभिनेत्रीहरु कास्टिङग काउच (शारिरिक शोषण) को शिकार बन्ने गर्छन । आज यो कुराको प्रशंग यस कारण निस्किएको हो किनभने यासीर उस्मानद्धारा लिखित रेखाको बायोग्राफी ‘रेखा द अनटोल्ड स्टोरी’ मा केही यस्तै खुलासा भएको छ । यो किताबमा रेखाको जीवनको त्यो महत्वपूर्ण कुराहरुको बारेमा भनिएको छ जो सायद अहिलेसम्म कसैलाई पनि थाहा नहोला । र, यस कसिमको शोषणबाट सुपरस्टार रेखापनि उम्किन सकेकी थिइनन् ।
उस्मान लेख्छन्
महबुब स्टूडियोमा फिल्म अन्जाना सफर (१९६९) को शुटिङ भइरहेको थियो । राजा नवाथे फिल्मका निर्देशक थिए । हिरो विश्वजित थिए । राजा र विश्वजितले एउटा प्लान बनाए र निशानामा थिइन रेखा । त्यस चलचित्रमा रेखा र विश्वजितबीच एउटा किस सीन छायाँकन गर्नु पर्ने थियो । शुटिङ हुनुभन्दा अगाडी नै यो प्लानको सबै तयारी भइसकेको थियो । क्यामेरा हर एक दृश्य खिच्नका लागि आतुर थियो । शुटिङका लागि डायरेक्टरले एक्शन भन्ने वितिक्कै विश्वजितले रेखालाई आफ्नो अंगालोमा लिए र आफ्नो ओठ उनको ओठमा गाँडिदिए । रेखा स्तब्भ भईन । यो किसको बारेमा रेखालाई केही पनि भनिएको थिएन । क्यामेराले दृश्य खिचिरहेको थियो । स्थीति असहज पनि बनिरहेको थियो । नत डायरेक्टरले कट भने नत विश्वजितले नै किस गर्न छाडे । करिब ५ मिनेटसम्म विश्वजितले रेखालाई किस गरिरहे । शुटिङ यूनिटका अन्य प्राविधिकहरु पनि छक्क परि हेरेको हेरै भए । यो अबस्थामा रेखाले आफ्नो आँखा चिम्लिएकी थिइन र आँशुमा लतपत थिइन । यो बेला रेखाको उमेर केवल १४ बर्षको मात्र थियो भने विश्वजितको उमेर थियो ३० ।
त्यो जमानामा टंङकिस गर्नु चानचुने कुरा थिएन । चलचित्रमा हिरो हिरोइन गाना गाएर रोमान्स गर्ने गर्थे र सेक्सुअल कन्ट्याक्टवाला दृश्य देखाउनु पर्दा दुईवटा फूललाई एकआपसमा जोडेर क्यामेरा क्लोअप गर्ने चलन थियो । तर यो फिल्ममा जर्बजस्ती छायाँकन गरिएको यो बोल्ड सीनले त्यस जमानामा तहल्का मच्चाइदियो । र, रेखालाई पनि एउटी बोल्ड एक्ट्रेसको तक्मा भिराइदियो ।
हामी जब फिल्ममा किसिङग सीन हेर्ने गर्छौ त्यसबेला हाम्रो ध्यान त्यो किसिंग सीन कुन परिस्थीतिमा छायाँकन गरिएको हो, हिरोइनलाई पहिलादेखी नै थाहा थियो वा थिएन, हिरोइन यसका लागि तयार थिइन वा थिइनन्, हामी दर्शकलाई त्यो विषयसँग कुनै सरोकार हुँदैन । र, हाम्रो अगाडी एउटा मनोरञ्जन पस्किरहेको हुन्छ र हामी त्यो दृश्यहरु देखेर मनोरञ्जन लिइरहेका हुन्छौ । तर, सोच्नुस् एउटी १४ बर्षको त्यो बच्चीको मनस्थीतिमा कस्तो असर परिरहेको हुन्छ, जब उसलाई एउटा मान्छेले जर्बजस्ती पूरै फिल्म यूनिटको अगाडी ५ मिनेटसम्म किस गरिरहेको हुन्छ । नावालिक रेखासँग पनि यस्तै किसिमको सीन छायाँकन गरिएको थियो, र यस्तो सीनका लागी उनीसँग सहमती लिनु त परै जाओस् उनलाई शुटिङको बेला अब किसिङग सीन हुँदैछ भन्ने पनि जानकारी थिएन । त्यो बेला रेखाले सायद चुप बस्नु बाहेक अरु कुनै विकल्प देखिनन भने फिल्म यूनिटले पनि रेखाको त्यो मौनतालाई सहमती सम्झे । र, त्यस परस्थीतीमा उसबेला एउटी नावालक १४ बर्षकी बच्चीले त्यस सीनका विरुद्ध आवाज उठाउने हिम्मतपनि गर्न सकिनन् होला ।
तर, यो फिल्ममा घटेको घट्नाबाट रेखा कहिलेपनि विचलित भइनन् र आफ्नो फिल्मीयात्रालाई अगाडी बढाउँदै गइन । किनभने रेखालाई उनको परिवारको सदैभ साथ थियो । उनी चलचित्रको माया नगरिमा जे बन्न आएकी थिइन त्यो बनिन् । चलचित्रक्षेत्रमा घटेका केही तिता अनुभवले पनि उनको लक्ष्यलाई विचलित पार्न सकेन र आज रेखा चलचित्र क्षेत्रको त्यो तारा (स्टार) हुन जो हिजाका दिनमा भन्दा धेरै चम्किलो छ ।
चलचित्र क्षेत्रको चमकधमक हामीलाई मन पर्ने गर्छ तर यसको पछाडीको अध्यारो उतिनै भयाभह छ । शारीरिक शोषण बाहिरी दुनियाँमा होस् या त चलचित्र क्षेत्रमा यो सदैभ निन्दनिय कुरो हो । तर, यसका विरुद्ध न त्यो बेला बलीउडमा कसैले आवाज उठाए न आज कसैले उठाइरहेका छन् । र यो प्रवृती न पहिले बदलिएको थियो न अहिले बदलिन सक्ने अपेक्षा गर्न सकिन्छ ।