फागुन ६ गतेलाई आफ्नो रिलिज मिति फाइनल गर्दै चलचित्र ‘मेरो देश’ निर्माणपक्षले टीजर सार्वजनिक गरेको छ । टीजरमा चलचित्रका सबै कलाकारहरुको भुमिकालाई सस्पेन्समा राखिएको छ । चलचित्रका निर्देशक देव नेपालका अनुसार, चलचित्र ‘मेरो देश’ ले राष्ट्रियताको विषय उठाउन गरेको छ । टीजरमा नायक आयूष रिजाल पत्रकारको भुमिका निर्वाहा गरेको देख्न सकिन्छ भने नायिका निशा अधिकारी नायक प्रज्वल गिरीको प्रेममा परेकी छिन् । यो चलचित्रमा आयूष, निशा र प्रज्वलको अलवा नीर शाह, ध्रुब कोईराला, पुष्पा पाण्डे, एक राज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगायत कलाकारहरू मुख्य अभिनयमा छन् । चलचित्रलाई भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बारा लगायतका ठाउँमा खिचिएको छ ।
ब्रोसीस ईन्टरटेन्मेन्ट प्राली को ब्यानरमा निर्माण भएको यो चलचित्रले भ्रष्ट र अपारदर्शी राजनीतिका कारण देश र जनताले भोगी रहेका प्रतिनिधिमुलक प्रत्यक्ष समस्या तथा भ्रष्टाचार र अपारदर्शिता लाई न्युनीकरण गर्न युवाले खेल्नुपर्ने भुमिकाको कथा बोलेको छ ।