बलीउडस्टार सलमान खानको विवाहको विषयमा जहिले पनि चर्चामा रहेको छ । यसबारे उनका भार्इहरु अरबाज खान र सोहेल खानले ‘कफी विथ करण’ सो मा बोलेका छन् । शोका दौरान अरबाज र सोहेल खानले सलमान खानको विवाहलाई लिएर आफुहरु उदासिन भएको संकेत दिएका थिए ।
जब करनले सोधे सलमान खानले विवाह गर्नुपर्छभन्दा उनीहरुले गर्नुहुँदैन भन्दै जबाफ फर्काएका थिए । यसबारे अरबाज खानले थप्दै भने,‘हाल मेरो आसपास जे भइरहेको छ त्यसले पनि प्रष्ट पार्छ विवाह गर्नु आवश्यक छ कि छैन ।’
अरबाज खान र मलाइका अरोरा खानको डिभोर्स प्रक्रिया कानुनी रुपमा अगाडि बढीरहेको छ । यही कारण पनि अरबाज खान सलमान खानको विवाह नहोस् भन्ने चाहान्छन् ।